गाईघाटमा बर्तालुको चहलपहल, हेरौं तस्बिर!
कास्की | साउन २, २०७९
पोखरा: साउन महिनाको पहिलो सोमबार शिब मन्दिरमा विशेष पुजा गर्ने गरिन्छ । विशेषगरि हिन्दु नारीहरु शिवजी र पतिको नाममा ब्रत बस्ने गर्दछन् । यसो गर्दा पतिको आयु बढ्ने र परिवारमा सुख प्राप्त हुने परम्परागत विश्वास रहदैं आएको छ ।
पोखरा महानगरपालिका १ सिमपानीस्थित गाईघाटमा बिहानैदेखि बर्तालुहरुको चहलपहल देखिन्थ्यो ।
गाईघाटबाट नदीको जल लगेर पोखरा ६ स्थित बैदामको केदारेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाइने गरिन्छ । यसो गर्दा आँटेको पुग्ने विस्वाश रहदै आएको छ ।
साउन महिना विशेष गरेर आशुतोष भगवान महादेवको प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रहिआएको छ ।
हरियाली चुरा पोतेलाई सौभाग्यको रुपमा लिइन्छ । भने सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको शुुरुवातको संकेत गर्ने पुुर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना मानिन्छ ।
हेरौं, १५ तस्बिरमा गाईघाट आसपासमा देखिएको साउने पहिलो सोमबारको बर्तालुहरुको रौनक:-
तस्बिर: सुनगाभाकर्मी बिबि रोकामगर














पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

